नेभिगेशन
मनोरञ्जन

हरिवंश र किरण केसीसँग दीपकराज गिरिको फिल्म आउँदै, कुन हो त्यो?

काठमाडौं– ख्यातीप्राप्त कलाकार हरिवंश आचार्य र किरण केसीसँग मिलेर दीपकराज गिरिले नयाँ फिल्म ल्याउन लागेका छन्। त्यो फिल्म आउन केही समय लाग्ने भए पनि निर्माण हुने पक्कापक्की भएको बताइन्छ।

‘नयाँ फिल्म बनाउन लागेको भन्ने चर्चा साँचो हो, तर ‘छक्का पञ्जा’ होइन। तर यो फिल्म निर्माणका लागि भने लागि निकै समय लाग्ने छ’, कलाकर्मीले दीपकराज गिरिलाई उदृत गर्दै जनाएको छ।

नयाँ फिल्मका लागि किरण केसी र हरिवंशसँगको सहकार्यमा सहमति भएको जानकारी दिँदै अभिनेता गिरी भन्छन्, ‘अहिले त फिल्मका लागि कुराकानी मात्र भएको हो, कथा लेख्ने कुरा हुँदैछ । यो फिल्म बन्न कम्तिमा एक वर्ष लाग्ने छ। फिल्ममा हरिवंश दाई पनि हुनु हुन्छ। अन्य कलाकार कथा लेखनपछि मात्र पक्का हुनेछ। फिल्मको निर्देशन दिपाश्री निरौलाले गर्ने सम्भावना बढी छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन