नेभिगेशन
राजनीति

ज्ञानेन्द्र शाहीको प्रधानमन्त्री ओलीलाई अपिल- पाँच मुद्दामा नवीन सम्झौता गरौँ

काठमाडौँ - राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचवटा मुद्दामा नवीन सम्झौता गर्न अपिल गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले पाँचवटा मुद्दामा नवीन सम्झौता गर्न अपिल गरेका हुन् ।   

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहित प्रदेश संरचना खारेज गर्न सहमति गर्न प्रस्ताव गरेका हुन् ।

उनले भनेका छन्- 

प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई पाँचवटा  मुद्दामा नवीन सम्झौता गर्न अपिल गर्छौं 

१) जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ।
२) प्रदेश संरचना खारेजी ।
३) हिन्दू, बुद्ध, किराँत, सहितको वैदेशिक वैदिक सनातन हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने ।
४) राष्ट्रपतिलाई हटाएर राजा राख्ने संवैधानिक राजसंस्थाको स्थापना गर्न ।
५) संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द गर्न नेपालको संविधानको धारा २८४ खारेज गर्ने संवैधानिक परिषदको अन्त्य गर्न ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति