नेभिगेशन
मनोरञ्जन

नाटक 'मीरा' मार्फत अभिनेत्री रेखा थापाको रंगमञ्चमा इन्ट्री

काठमाडौँ -अभिनेत्री रेखा थापाको रंगमञ्चमा इन्ट्री भएको छ । रेखाले नाटक 'मीरा' मार्फत रंगमञ्चमा इन्ट्री गर्न लागेकी हुन् । 

रेखाले रंगमञ्चमा आफ्नो इन्ट्री बारे जानकारी दिदै भनेकी छन्- 'मेरो कलाकारिता जिवन मै पहीलो पटक म रंगमञ्चको स्टेज उक्लदैछु, त्यसैले पनि मीरा मेरो लागि बिशेष छ ।'

नाटक मिरा फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटर, गैह्रिधारामा हरेक दिन साँझ ५: ३० बजेदेखि शुरु हुने छ ।

यो नाटकको प्रिमियर विहिबार जेठ १५ गते गरिने तय भएको भएपनि असहज राजनीतिक परिस्थितिका कारण स्थगित भएको थियो । अब नाटकको औपचारिक मञ्चन आगामी सोमबारदेखि शुरु हुने भएको छ । नाटक असार ७ गतेसम्म प्रस्तुत गरिने भएको छ ।
   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

अभिनेता मुकुल देवको निधन