नेभिगेशन
विश्व

जब डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई भने ‘पागल’

काठमाडौं– रुस र युक्रेनको युद्ध समाप्त गर्ने घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै भ्लादिमिर पुटिनलाई भनेको एक शव्दका कारण महँगो समय निम्तिन सक्ने अनुमान गरिएको छ।

युक्रेनमा रुसले निरन्तर बमबारी गरिरहेकोमा आक्रोश व्यक्त गरेका छन्। उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘पागल’ भनेका छन्।

यस क्रममा उनले रुसविरुद्ध थप प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको पनि बताएका छन्।

ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, ‘रुसका भ्लादिमिर पुटिनसँग मेरो सधैँ धेरै राम्रो सम्बन्ध छ, तर उनलाई केही भएको छ। उनी पूर्ण रूपमा पागल भएका छन्! उनी बिनाकारण धेरै मानिसहरूलाई मारिरहेका छन् र म सैनिकहरूको बारेमा मात्र कुरा गरिरहेको छैन। युक्रेनी सहरहरूमा बिना कारण मिसाइल र ड्रोन प्रहार गरिँदै छन्।’

रुसको पतन हुने बताउँदै ट्रम्प लेख्छन्,‘मैले सधैँ भन्ने गरेको छु–  उनी युक्रेनको एक टुक्रा मात्र होइन, सम्पूर्ण युक्रेन चाहन्छन् र साय यो सत्य साबित हुँदै छ, तर उनले त्यसो गरे भने रुसको पतन हुनेछ!’

trump-1748230370.jpg
 

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पनि आलोचना गरेका छन्। 

उनले भनेका छन्, ‘राष्ट्रपति जेलेन्स्कीले बोल्ने तरिकाले आफ्नो देशलाई कुनै राम्रो गरिरहेका छैनन्। उनको मुखबाट निस्कने सबै कुराले समस्या सिर्जना गर्छन्, मलाई यो मन पर्दैन, यो बन्द भए राम्रो हुनेछ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व