नेभिगेशन
विश्व

डोनल्ड ट्रम्पको हातमा के भएको हो, ह्वाइट हाउसको जवाफ आश्चर्यजनक

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको हातमा दाग जस्तो देखिने तस्बिर सार्वजनिक भएपछि यसबारेमा ह्वाइट हाउसले नै स्पष्ट पार्नु परेको छ।
ट्रम्पमा रक्तनलीको दीर्घ समस्या देखा परेको तर त्यो हानिकारक नभएको स्पष्टीकरण ह्वाइट हाउसले दिएको छ।

उनको एउटा हातमा घाउ र डाम देखिने तस्बिरहरू सार्वजनिक भएपछि सञ्चारमाध्यममा ट्रम्पको स्वास्थ्यस्थितिबारे अनेकौँ अनुमान गरिएको थियो।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बारम्बार हात मिलाएका कारण ‘तन्तुहरूमा क्षति पुगेको हुनाले’ तथा एस्पिरिन सेवन गरेका कारणले ट्रम्पमा त्यस्तो समस्या देखिएको बताएकी छन्।

ट्रम्प अहिले ७९ वर्षका भए। उनले आफ्नो स्वास्थ्य निकै राम्रो भएको दाबी गर्दै आएका छन्। बीबीसी
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व