नेभिगेशन
राजनीति

गठबन्धन बैठकमा गृहमन्त्री लेखक बचाउने कसम खाएको एमाले सन्जालमा धज्जी उडाउँदैछ

काठमाडौं– भिजिट भिसा प्रकरणमा विवादमा तानिएपछि सर्वत्र राजीनामाको माग गरिएका गृहमन्त्री रमेश लेखकलाई जोगाउनका लागि गठबन्धन बैठकमा कसम खाएको नेकपा एमालेका नेताले सामाजिक सन्जालमा भने धज्जी उडाउने क्रमलाई जारी राखेका छन्।

आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा, गृहमन्त्री लेखकसहित एमालेका अन्य नेता बैठक बसी राजीनामा मागको खण्डन गरेका थिए।

‘कर्मचारीले गरेको गल्तीमा गृहमन्त्री मुछ्न पाइँदैन’, बैठकको निचोडसहित बचाऊ गर्ने कसम खाएको एमालेले पनि भनेको थियो,‘गृहमन्त्रीले राजीनामा गर्ने कुनै पनि कुरो हुन्न।’

तर आइतबार राती र सोमबार बिहानैदेखि एमालेका जिम्मेवार नेताले गृहमन्त्री लेखकको राजीनामा माग्ने शैलीमा सन्जालमा धज्जी उडाउने क्रम जारी राखेका छन्। 

एमालेमा ओलीनिकट मानिएका केन्द्रीय सदस्य विष्णु रिजालले लेखे,‘जुन देशको गृहमन्त्रालयकै उच्च नेतृत्वको योजना र संलग्नतामा मानव तस्करी हुन्छ, त्यस देशको हालत र अन्तर्राष्ट्रिय छवि कस्तो हुन्छ होला?’  

rijal-1748229468.jpg
उनले बालकृष्ण खाँणका बेलामा भुटानी शरणार्थी प्रकरणलाई समेत स्मरण गर्दै लेखकमाथि प्रहार गरेका छन्। थप लेख्छन्,‘एकजना होनहार गृहमन्त्री भएको बेला भुटानी शरणार्थी काण्डबाट निहुरिएको नेपालको शीर अर्का होनहार गृहमन्त्री भएको बेला भएको ‘भिजिट भिसा’ काण्डले थप निहुराएको छ।’ 

रिजाल यति मात्र लेख्दैनन्। नागरिक अदालतमा अपराधी हुने ठहरसहित जोड्छन्,‘बेरोजगार नागरिक बेचेर पैसा असुल्नेहरूले कानुनका छिद्र समातेर सरकारी अदालतबाट उन्मुक्ति त मिलाइहाल्लान् तर नागरिकको अदालतमा तिनीहरू सदासर्वदा अपराधीकै रूपमा अभिलिखित हुनेछन्।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति