नेभिगेशन
राजनीति

युवा संघको चुनावमा १४०४ भोट खस्यो, केहीबेरमै गणना थालिने

पोखरा-  राष्ट्रिय युवा संघको नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको छ । पोखरा सभागृहमा बिहीबार १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो । १७६४ प्रतिनिधिमध्ये १४०४ जना मतदानमा सहभागी भएका छन् ।

केही समयमै मतगणना सुरु हुने निर्वाचन कमिटीले जनाएको छ । निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् ।

पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् । महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो ।

मुचुल्का तयार पारी डेढ घण्टाजति पछिबाट मतगणना सुरू गर्ने निर्वाचन समितिको तयारी छ । विद्युतीय भोटिङ भएकाले छिट्टै नतिजा आउनेछ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

कारागारबाट छुटे अफताब आलम