नेभिगेशन
राजनीति

प्रतिनिधि सभाको बैठक स्थगित, भोली ११ बजेलाई सूचना 

काठमाडौं– गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठकमा अबरोध गरेपछि केही समयका लागि स्थगित गरिए पनि भोलीसम्म नचल्ने नयाँ सूचना टाँसिएको छ।

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार भोली बिहान ११ बजे बस्नेगरी सूचना टाँस गरी स्थगित भएको हो। प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा साथै छानबिन समितिको माग गरेका छन्। 

भिजिट भिसा प्रकरणमा लेखक र उनको सचिवालयको नाम आएको भन्दै खासगरी रास्वपा र अन्य माओवादीलगायतका दलले सदन बैठक अवरोध गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

कारागारबाट छुटे अफताब आलम