नेभिगेशन
समाज विविध

भिड सम्हाल्न नसकेपछि ‘व्हाइट गुम्बा’ बन्द

काठमाडौँ - काठमाडौंको नागार्जुन नगरपालिकामा अवस्थित शान्त र आध्यात्मिक स्थल ‘व्हाइट गुम्बा’ (ड्रुक अमिताभ पर्वत) अस्थायी रूपमा बन्द गरिएको छ । ठुलो संख्यामा उपस्थित भीड नियन्त्रण गर्न नसकेको भन्दै र सामाजिक सञ्जालमा गलत सूचना फैलिएको कारण अस्थायी रूपमा बन्द गरिएको हो ।

गुम्बाले एक सूचना जारी गर्दै भनेको छ- 'दुःखको कुरा, धेरै मानिसहरूले असुविधा अनुभव गरे र कोही त अत्यधिक भीडका कारण बेहोस पनि भए । हामीले धेरै पीडादायी घटनाहरूको सामना पनि गर्यौं, जहाँ बच्चाहरू उनीहरूको परिवारबाट अलग भए । यी परिस्थितिहरूले हाम्रा आगन्तुकहरू र हाम्रो टोली दुवैको लागि असुरक्षित बनाएको छ ।'

गुम्बाले भनेको छ- 'हामी २५ मे देखि बन्द हुँदैछौं भनेर घोषणा गर्दा साँच्चै दुःखी छौं । यो धेरै गाह्रो निर्णय भएको छ, तर तपाईंको स्वास्थ्य, सुरक्षा र कल्याण हाम्रो  प्राथमिकता हो ।'

साथै, गुम्बा प्रशासनले 'टिकटक' लगायत सामाजिक सञ्जालमा गलत सूचना फैलाउने व्यक्तिहरूप्रति चिन्ता व्यक्त गर्दै आम जनतालाई केवल आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गरेको छ। 

गुम्बाले अहिलेसम्म साथ र समझदारीको लागि जनसमुदायलाई धन्यवाद दिएको छ र अवस्था सामान्य भएपछि चाँडै फेरि स्वागत गर्ने बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध