नेभिगेशन
समाज विविध

जेठको अन्तिमदेखि ग्वार्को चोकको फ्लाइओभर सञ्चालनमा आउने

काठमाडाैं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जेठको अन्तिमदेखि ललितपुरस्थित ग्वार्काे चोकको फ्लाइओभरमा गाडी सञ्चालन हुने बताएका छन्।

आइतबार फ्लाइओभरको स्थलगत निरीक्षण गर्दै मन्त्री दाहालले जेठको अन्तिमसम्म सवै काम सम्पन्न गरेर फ्लाइओभरमा गाडी सञ्चालन हुने बताएका हुन्। प्राविधिक समस्याका कारण तोकिएको समयमा नै काम सम्पन्न हुन नसकेको भन्दै मन्त्री दाहालले अव फ्लाइओभर निर्माण समयमा नै सम्पन्न हुने जिकिर गरे।

फ्लाइओभर सञ्चालन भएपछि सो क्षेत्रको जाम अन्त्य हुने उनले बताए। अहिले फ्लाइओभरको बीचमा माटो भरेर एकातीर कालोपत्रे भइसकेको छ भने अर्को तर्फपछि कालोपत्रे गर्ने तयारी भइरहेको छ। कालोपत्रे गर्ने काम सम्पन्न गरेपछि सवारी आवागमन खुल्ला गरिने मन्त्री दाहालले बताए।

त्यस्तै उनले महत्वपूर्ण आयोजनाहरु समयमा नै सम्पन्न नहुने समस्या समाधानका लागि नियमकानूनमा संशोधन गर्ने गरि अघि बढिरहेको र बिकासका काममा हुने ढिलाईलाई निरुत्साहित पारिने उल्लेख गरे। मन्त्री दाहालले बर्षायाममा बिभिन्न राजमार्गमा हुनसक्ने अवरोधलाई तत्काल हटाउनका लागि हाइअलर्ट भएर बसेको जानकारी दिए।

सडक विभागले इपिसी मोडलमा फ्लाइओभर निर्माण गर्ने गरी २०७८ माघमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग ठेक्का सम्झौता गरेको थियो। समयमा नै निर्माण सम्पन्न नभएपछि पटक–पटक थप गरेर दिएको अन्तिम म्याद गत पुष ८ गते नै सकिसकेको छ। म्याद सकिएपछि निर्माण कम्पनीले निरन्तर काम गर्दै आएको छ।

     

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध