नेभिगेशन
राजनीति

भिजिट भिसा प्रकरण नभएर मानव तस्करी हो : सुमना श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरण नभएर मानव तस्करी भएको बताएकी छन् ।

सामाजिक सञ्जालना लेख्दै सांसद श्रेष्ठले आफ्नै छोरा छोरीहरूलाई अनजान ठाउँमा बिना कुनै श्रम अधिकार संरक्षण पठाउनेहरुलाई नर्क पनि प्राप्त नहुने बताएकी छन् ।

उनले भनेकी छन्-   यो भिजिट भिसा प्रकरण हैन, मानव तस्करी हो ! आफ्नै छोरा छोरीहरूलाई, अनजान ठाउँमा बिना कुनै श्रम अधिकार संरक्षण पठाउने, त्यो 'मूल्य' तोकेर किन्ने विदेशीहरू र यस्तो विषयमा रोक्नुको सट्टा आफ्नो लागि भाग खोज्ने तपाईहरु सम्पूर्णमा, हार्दिक श्रद्धाञ्जली तपाईंलाई नर्क पनि प्राप्त हुन्न होला ! माथिको आशिर्वाद नभइ यो सम्भव हुँदैन भन्ने अनुसन्धान अधिकृतको कुरा छ, सहसचिवलाई माथिको आशिर्वाद ककस्को हो ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति