नेभिगेशन
राजनीति

भिजिट भिसा बारे उठेका सबै विषयलाई ठीक ढंगले राख्छु : गृहमन्त्री लेखक

धनुषा- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा बारे आफूमाथि लागेको आरोप बारे छिट्टै बोल्ने बताएका छन्। शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँग गरेको छलफलका क्रममा आफूमाथि उठेका सबै विषयलाई ठीक ढंगले राख्ने बताएका हुन् ।

एक कार्यकताले तपाईँ चक्रब्यूमा त फसेको होइन भन्ने प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले भने-‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ। दुई/तीन दिन किन चुप लागेर बसेका थिए । यो कहाँबाट, कसरी, किन भइरहेछ भने खोजीराखे थिए । यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेका छु । आजै काठमाडौं गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुई/चार दिनमा आफैँ पनि केही कुरा बोल्छु । अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ । त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।'

यस विषयमा पार्टीका साथीहरूलाई चिन्ता गर्नुपर्ने केही कारण नभएको उनले बताए । उनले भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दैनँ । जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ। त्यो दिनदेखि म राजनीतिकमा देखा पर्दैनँ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति