नेभिगेशन
राजनीति

झलनाथ खनालले भने- कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन्

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्ने बताएका छन् । नेता खनालले सबैभन्दा ठुला पार्टी भनिएका काँग्रेस र एमाले समेत आफ्नो पार्टीको स्वार्थ पुरा गर्न भ्रष्टाचार मा चुर्लुम्म डुबेको बताए ।

शनिबार नेकपा (एकीकृत समाजवादी) काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-८ द्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका गल्तीलाई सच्याउँदै र अनुभवबाट सिक्दै एक्लै चुनाव लड्ने गरी कार्यकर्तालाई निर्देशन दिए ।  नेता खनालले एकीकृत समाजवादी  काँग्रेस र माओवादीसँग सत्ताका लागि मिल्न गएका कारण राष्ट्रिय पार्टी हुन नसकेको समेत स्पष्ट पारे ।

उनले भने, ‘हाम्रो पार्टी राष्ट्रिय पार्टी नहुनुमा काँग्रेस र माओवादीसँग सत्ताको लागि मिल्न गएको गएको र विगतको चुनावमा हाम्रो विचार, सिद्धान्त र लक्ष्यलाई जनतासँग प्रस्ट पार्न नसकेकोले हो ।’

उनले पार्टी नेतृत्वले गरेको गलत निर्णयका कारणले पनि एकीकृत समाजवादी  राष्ट्रिय पार्टी बन्न नसकेकोसमेत बताए ।  नेता खनालले नेकपा एमालेलाई दक्षिणपन्थीहरूले नेतृत्व गरिरहेका कारण  त्यो पार्टी अधोगति र पतनको बाटोतिर हिँडिरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति