नेभिगेशन
राजनीति

अनि प्रचण्डले भने– त्यसो भनेको भए ओलीजीले मानसिक अस्पतालमा जँचाउनुहोला

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा जँचाउनका लागि उपदेश दिएका छन्। 

पोखरामा पत्रकार सम्मेलनका क्रममा उनले कतिपय प्रश्नको जवाफ दिने क्रममा प्रचण्डको यस्तो अभिव्यक्ति शुक्रबार आएको थियो।

‘तपाईहरूले सुन्नुभयो प्रधानमन्त्री पोखरा नै आएका थिए कि के थिए, तीनैले प्रतिनिधि सभामा भनेका थिए, प्रतिगामीकाविरुद्ध भव्य र सभ्य आयोजना गरेका भनेर बोल्दै थिए’, प्रेस सेन्टर गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘राजावादीहरुसँग मिल्ने योजना हो प्रचण्डजी को भनेर कहीँ न कहीँ बोले रे भन्ने सुन्छु। अहिले त धेरै भन्नु छैन, यदी त्यसो भनेको हो भने म प्रधानमन्त्रीज्यूलाई मानसिक अस्पतालमा जचाउन म सल्लाह दिन चाहान्छु।’

प्रधानमन्त्री ओली राष्ट्रिय युवा संघको महाधिवेशनको उद्घाटनका लागि शुक्रबार पोखरा पुगेका थिए। उनले सम्बोधनका क्रममा राजावादी शक्तिलाई चुनौती दिने क्रममा प्रचण्डको पनि नाम जोडेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति