नेभिगेशन
राजनीति

रविको रिटमा आदेशको प्रतीक्षा, सर्वोच्च परिसरमा समर्थकको भिड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएपछि आदेशको प्रतिक्षा भइरहेको छ ।

आदेश आउन लामो समय लागेपछि अहिले सर्वोच्च अदालत परिसरमा बाक्लो भिड लागेको छ । भिडलाई व्यवस्थापन गर्न प्रहरीलाई पनि हम्मे परेको छ।

रिपोर्टिङका लागि पुगेका पत्रकारलाई पनि प्रहरीले सर्वोच्चको गेटबाट बाहिर निकालेको छ । पत्रकारहरूलाई सडकभन्दा पारी जान भनिएको छ।

सर्वोच्च परिसर र सडकमा अहिले रास्वपाका सयौँ कार्यकर्ता र समर्थकको भिड लागेको छ। तर अझैसम्म आदेश आइसकेको छैन ।


शुक्रबार सर्वोच्च अदालतमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए ।

बहसपछि वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए । 

सुनुवाइ सकिएकाले अहिले न्यायाधीशद्वय ढोका थुनेर आदेश लेखिरहेका छन् । अबको केही बेरमा आदेश आउने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति