नेभिगेशन
विश्व

शेख हसिनालाई लखेटेपछि बंगलादेशका प्रधानमन्त्री बनेका युनुसले राजीनामा दिने चर्चा

काठमाडौं– आरक्षणसम्बन्धी आन्दोलनले तिव्र रुप लिएपछि देशै छाडेर भागेकी शेख हसिनापछि बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेका महोम्मद युनुसले राजीनामा दिने चर्चा सुरु भएको छ।

यस विषयको जानकारी एक जना विद्यार्थी नेताले दिएको बीबीसी बंगलाले जनाएको छ। 

राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले मोहम्मद युनुसलाई निवासमै पुगेर भेटवार्ता गरेपछि राजीनामा दिने मुड बुझेको बताएका हुन्। 

बंगलासँग भनेका छन्, ‘देशको वर्तमान अवस्थाका कारण हामीले सरको राजीनामाको खबर सुनिरहेका थियौँ। प्रमुख सल्लाहकारले देशको वर्तमान अवस्थामा काम गर्न नसक्ने चिन्ता व्यक्त गरेका छन्।’

राजनीतिक दलबाट कुनै आश्वासन पाइन्न भने राजीनामा दिनबाट किन रोकिने? भन्ने प्रश्न युनुसले गरेको इस्लामले बताए।

यसअघि मोहम्मद युनुसले ढाकामा भएको सल्लाहकार परिषद्को बैठकमा देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

बिहीबार नै बंगलादेश राष्ट्रवादी पार्टीले अन्तरिम सरकारका दुई सल्लाहकार महफुज आलम र आसिफ महमुद र राष्ट्रिय सुरक्षा सल्लाहकार खलिलुर रहमानको राजीनामा वा बर्खास्तको माग गरेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व