नेभिगेशन
राजनीति

स्थानीय आवश्यकता र मागका आधारमा बजेट विनियोजन गरिनुपर्छ : प्रवक्ता महत

डुम्रे (तनहुँ)- नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बेथितिको अन्त्यका लागि अनावश्यक बजेट बाँड्ने पद्धति हटाउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस तनहुँद्वारा आज वीपी स्मृति भवन दमौलीमा आयोजित समसामयिक विषयमा अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले गर्न सकिएमा बेथिति अन्त्य गर्न सकिन्छ भने । 

प्रवक्ता डा.महतले भने, “अब हरेक तहका नेतृत्वले जिम्मेवारी पुरा गर्नुपर्छ । सुधारिनुपर्छ भनेर आत्मसात् गरी कर्तव्यबोध हुनुपर्छ । माथिल्लो तहदेखि तल्लो तहसम्मका नेतृत्व सुधारिन आवश्यक रहेको छ । ”

केन्द्र सरकारले रु तीन करोडभन्दा कम बजेटको योजना स्वीकृत नगर्ने र प्रदेश सरकारले रु एक करोडभन्दा कम योजनाको काम नगर्ने प्रावधान बनाउन सकेमा मात्रै सुधारिन सहज हुने उनको विश्वास छ । उनले भने, “नेतृत्वप्रतिको अविश्वास र आक्रोस न्यूनीकरण गर्नुपर्छ  र नेतृत्व पनि कर्तव्यबोध हुन सक्नुपर्छ । ” 

लोकप्रियताका लागि सामाजिक सञ्जाल हरेक पटक भ्रामक सूचना प्रवाहले छाएको निरासालाई हटाउन तीनै तहका नेतृत्व लाग्नुपर्नेमा उनको जोड थियो । उनले भने, “सबै पार्टीका नेतृत्व लोकप्रियताको पछि लाग्नु हुँदैन ।  भविष्यलाई मजबुत बनाउने गरी नेतृत्वले कर्तव्यबोध भएर काम गर्न सचेत हुनुपर्छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति