नेभिगेशन
राजनीति

राजसंस्थावादीसँग भयभित भयो गणतान्त्रिक सरकार, आन्दोलनमा प्रतिबन्ध लगाउने तयारी

काठमाडौं– आगामी जेठ १५ गतेदेखि राजसंस्था र हिन्दूत्वका निम्ति पूर्वघोषित आन्दोलनका कार्यक्रमसँग गणतन्त्रवादी सरकार भयभित भएको छ।

आन्दोलनले उलटफेरट ल्याउन सक्ने भएपछि संविधानको ब्याख्या गर्दै प्रतिबन्धको तयारी भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले संकेत गरेका छन्।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा उनले विहीबार भने,‘ ‘राजावादीको आन्दोलन प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विरोधी हो। त्यसैले उहाँहरूले संविधानभित्र रहेर गतिविधि गर्नुपर्छ। अहिले जसरी संविधान विरोधी क्रियाकलाप बढिरहेको छ, हत्या, हिंसा, लुटपाट र आगजनीबाट सरकारलाई चुनौती दिँदै राजा ल्याउने प्रयास भइरहेको छ।’

जेठ १५ गते राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको ऐतिहासिक दिनको रूपमा सरकारले भव्य रूपमा मनाउन लागेको उनले बताए।

राजावादीहरूले चुनौती दिने फेरि प्रयास गरेको उल्लेख गरेका मन्त्री गुरुङले भने,‘हामीले उहाँहरूलाई सभा सञ्चालन गर्ने र बोल्ने अधिकार दिएका छौँ। त्यो हाम्रो कमजोरी होइन, हामी डराएका होइन। उदारतापूर्वक अभ्यास गरौँ भनेर छाडिइएका हौँ।’

उनले सोही क्रममा सधैँ यस्तो गतिविधि गरिरहे सरकार सधैँ टुलुटुलु हेरेर नबस्ने बरु प्रतिवाद गर्ने बताए। उनले राजावादीहरूको गतिविधिलाई प्रतिबन्ध लगाउनु संवैधानिक छुट भए पनि आजको दिनसम्म नलगाएको बताए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति