नेभिगेशन
पुँजी बजार

विश्व पौडेल गभर्नर बनेको हरित प्रभाव शेयर बजारमा, खुलेको चार मिनेटमै ८३ अंकले बढ्यो

काठमाडौं– नेपाली कांग्रेसको कोटामा राष्ट्र बैंक गभर्नरमा विश्व पौडेलको नियुक्तिको हरित प्रभाव शेयर बजारमा परेको छ। बुधबार यो प्रभाव खुलेको चार मिनेटमा नै देखियो।

सेयरबजार परिसूचक नेप्से खुलेको ४ मिनेटमै ८३ अंकले बढेको छ। चार मिनेटमा नेप्से २७६१ अंकमा थियो। ७३ करोडको भैसकेको थियो।

कारोबार थोरै भए पनि लगानीकर्ताले पौडेल गभर्नरमा आउँदा बजार बढ्ने आकलनसहित सेयर माग बढाउँदा त्यसले सूचकमा उछाल आएको हो।

यसअघि मंगलबार उनी गभर्नर बन्ने हल्लाबीच शेयर बजारमा उछाल आएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्