नेभिगेशन
पुँजी बजार

साताको शेयर : नेप्सेमा ४९.७७ अंकको गिरावट, कति भयो कारोबार ?

काठमाडौं – यो साता शेयर बजारमा भारी अंकको गिरावट आएको छ। शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता ४९ दशमलव ७७ अंकको गिरावट देखिएको हो।

यस साता ४ दिन कारोबार हुँदा नेप्सेमा ४ दिन नै नेप्सेमा गिरावट आयो । यो साता  शेयर बजारमा ३४ अर्ब रुपैयाँ आसपासमा कारोबार भयो। गत साता नेप्सेमा ३७ दशमलव ८२ अंकको वृद्धि देखिएसँगै ४६ अर्ब भन्दा माथि कारोबार भएको थियो। 

आइतबार नेप्सेमा १२.५३ अंकको गिरावट आउँदा १० अर्ब धेरैको कारोबार भयो । यस्तै, सोमबार  १४.८७ अंकले घटेको बजारमा  ९ अर्ब ४४ करोड रुपैयाँको कारोबार भयो।

साताको पहिलो र दोस्रो कारोबारको दिन लगातार घटेको नेप्से तेस्रो दिनपनि घट्यो । मंगलबार  १३ दशमलव ९६ अंकले नेप्सेमा गिरावट आउँदा ८ अर्ब ६१ करोड रुपैयाँको हाराहारीमा कारोबार भयो।

त्यसैगरी साताको अन्तिम कारोबारको दिन नेप्सेमा ८ दशमलव ४१ अंकले नेप्सेमा गिरावट आयो । यस दिन नेप्सेमा देखिएको झिनो अंकको गिरावटसँगै कारोबार रकम ६ अर्बको कारोबार भयो । जुन साताभरिकै  कम कारोबार रकम हो ।

यो साताको तुलनामा गत साता १२ अर्ब भन्दा बढीको कारोबार भएको थियो। गत साता रकम ४६ अर्बभन्दा बढीको कारोबार भएको थियो। यो साता ३४ अर्बको आसपास कारोबार भएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पुँजी बजार