नेभिगेशन
पुँजी बजार

लगातार पाँचौँ दिन घट्यो सेयर बजार

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ ।

परिसूचक नेप्से ८.४१ अंक घटेको हो । सो कमीपछि नेप्से २६११ अंकमा झरेको छ । योसहित लगातार पाँचौँ दिन बजार घटेको हो ।

आज नेप्से ८.४१ अंककले घटेर परिसूचक २६११.८५ विन्दुमा आएको हो ।  

आज बजार बन्द हुँदा नेप्से ०.३२ प्रतिशतले घटेसँगै कारोबार रकम पनि घटेको छ । ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख २३ हजार ९४३ कित्ता शेयर कारोबार भएको छ । 

८२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 
३२० वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ४९३ पटक शेयर किनबेच भएको छ । 

१३ मध्ये ३ समूह बढेको छ भने बाँकी १० समूह घटेको छ । होटल तथा पर्यटन ४.९१ प्रतिशतले, म्युचुअल फण्ड ०.२९ प्रतिशतले र ट्रेडिङ समूह ०.७० प्रतिशतले बढेको छ । 

यस्तै  बसैभन्दा बढी विकास बैंक समूह २.१२ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लगानी समूह ०.०४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप पुँजी बजार

१३.९६ अंकले घट्यो नेप्से