नेभिगेशन
समाज विविध

सिमराबाट काठमाडौं उडिरहेको विमानमा यात्रुको मृत्यु

काठमाडौं– बाराको सिमराबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाजमा एक जना बिरामी यात्रुको मृत्यु भएको छ। उपचारका लागि काठमाडौं आउने क्रममा जहाजमा अचेत उनको मंगलबार मृत्यु भएको हो।

रौतहटको फतुवा विजयपुर नगरपालिका ११ का ३९ वर्षीय राजुकुमारी चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि जहाजमा राखेर उपचारका लागि काठमाडौं ल्याइँदै थियो। सँगै उनका श्रीमान् जङ्गबहादुर चौधरी पनि थिए।

मंगलबार अपराह्न ४ बजे बुद्ध एयरको जहाजमार्फत उनीहरू काठमाडौंका लागि उडेका थिए। तर केही समयमै राजुकुमारी जहाजमै अचेत भएकी थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि राजुकुमारीलाई तत्काल केएमसी अस्पताल सिनामंगल लग्दा चिकित्सकले मृतक घोषणा गरे।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध