नेभिगेशन
राजनीति

रविको रिटमा आज सुनुवाई हुँदैन, कारण जान्नुहोस्

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको हेर्दाहेर्दैको रिटमा बुधबार (आज) सुनुवाई नहुने भएको छ।

उनको रिटको सुनुवाई गरिरहेका एक न्यायाधीश संवैधानिक इजलासमा बस्नु परेपछि स्थगित भएको हो।

मंगलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिटमाथि सुनुवाइ सुरु भएको थियो।

उक्त दिन सुनुवाइ नसकिएपछि  मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। तर, बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेकाले न्यायाधीश ढकाल र सुवेदीको संयुक्त इजलास बस्न नसकेसँगै रविको रिटमा सुनुवाइ हुन नसकेको हो । 

यसअघि मंगलबार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्न बाँकी नै छ। यस्तै पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट दायर मुद्दा समेत सँगै रहेकाले श्रेष्ठपछि उनका कानुन व्यवसायीले पनि बहस गर्न बाँकी छ।  त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्नुपर्ने हुन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति