नेभिगेशन
विश्व

रुसमाथि युरोपियन युनियनको नयाँ प्रतिबन्ध

काठमाडौँ - युरोपेली संघले रुसमाथि नयाँ प्रतिबन्ध लगाएको छ। युक्रेनमाथिको आक्रमण नरोकेको भन्दै युरोपेली संघले प्रतिबन्ध लगाइएको बताएको हो । यसअघि मे १४ मा, इयूका कूटनीतिज्ञहरूले रूस विरुद्धको १७औं प्रतिबन्ध प्याकेजमा सहमति जनाएका थिए । यसमा रूसको छायाँ फ्लीट (तेल ट्याङ्करहरूको फ्लीट) लाई लक्षित गर्ने कुरा थियो ।

युरोपेली संघका एक वरिष्ठ अधिकारीले मिडियालाई बताएअनुसार रूसी सैन्य औद्योगिक परिसरसँग सम्बन्धित लगभग २०० रूसी जहाज, ३० कम्पनी र ७५ व्यक्ति र संस्थाहरूमाथि पनि प्रतिबन्ध लगाइनेछ । कानूनको दायरा भित्र रहँदै रूसी सम्पत्ति जफत गर्ने बारेमा पनि इयुले विचार गरिरहेको बताएको छ ।


युरोपेली संघ र जी ७ देशहरूले रुसको लगभग ३०० अर्ब डलरको सम्पत्ति रोक्का गरेका छन् । यसमध्ये, रूसी केन्द्रीय बैंकको १९८ अर्ब डलरको सञ्चिति बेल्जियममा जम्मा गरिएको छ । युरोपेली नेताहरू रूसी सम्पत्ति जफत गर्न अनिच्छुक छन् किनभने यसले युरो र ईयूको बैंकिङ प्रणालीमा अन्य देशहरूको विश्वासलाई कमजोर बनाउन सक्छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका थिए ।


रुस र युक्रेन युद्धको विषयमा ट्रम्प र पुटिनबीच करिब २ घण्टा छलफल भएको थियो । पुटिनले यो कुराकानीलाई धेरै राम्रो भन्दै यदि सही सम्झौता भएमा, रूस र युक्रेन बीच केही समयको लागि युद्धविराम सम्भव रहेको बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व