नेभिगेशन
राजनीति

सुर्य थापाको लिङ्देनलाई कटाक्ष- तपाईंको त उम्रिदै होइन, नउम्रिदै तीन पात देखिँदै छ !

काठमाडौँ - नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सांसद थापाले तपाईंको त उम्रिँदै होइन, नउम्रिँदै तीन पात देखिएको टिप्पणी गरेका छन् ।

अध्यक्ष लिङ्देनले मंगलबार एक कार्यक्रममा राजावादी आन्दोलन चर्काउने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेलिकोप्टरमार्फत भाग्ने सुविधा दिने अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्तिप्रति थापाले भनेका छन्-  

माननीय लिङदेनजी, धेरै ठूलो कुरा गर्नु भएछ, जानकारी भयो । बहालवाला प्रधानमन्त्रीलाई भाग्नका लागि हेलिकप्टरको समेत व्यवस्थाको कुरा गर्नुभएछ, थाहा भयो । 

अहिलेका प्रधानमन्त्री वा मन्त्रीहरु आन्दोलनबाटै आएकाहरु हुन्, जसले  आन्दोलनमा लागे बापत आफूलाई दशकौं बिना कसुर, बिना मुद्दा कालकोठरीमा राख्यो, अङ्भङ्ग गरायो, तिनै पात्रलाई समेत उनीहरुले आन्दोलन सफल  भएपछि– ‘फर्गिव नट फर्गेट’ अर्थात्, ‘नबिर्स तर क्षमा गर’को नीति अनुरुप ‘भागे भाग नत्र मार्छु’ भनेनन् । 

तपाईँको हेलिकप्टरवाला प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरुले कसरी बुझौं ? प्रतिस्पर्धा, सहअस्तित्व, सहकार्यको रुपमा कि, ‘कि तँ छैनस्–कि मँ छैन’को निषेधकारी दृष्टिकोणमा ? एक पटक ठण्डा दिमागले सोच्नुहोस्, जुनसुकै शर्त मञ्जुर छ । जनताले पराजित गरेकाहरु संविधानको धारा २७० जपिरहनु भएको छ, तपाईंको त उम्रिदै होइन, नउम्रिदै तीन पात देखिँदै छ !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति