नेभिगेशन
राजनीति

मन्त्रिपरिषद् बैठक सुरु, गभर्नर नियुक्त हुँदै

काठमाडौँ - मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि मन्त्रिपरिषद्को बैठक शुरु भएको हो ।

आजको बैठकले नयाँ गभर्नर नियुक्त गर्ने भएको छ ।

यस अघि बसेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिले पहिलो नम्बरमा डा. विश्व पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति