नेभिगेशन
विश्व

युवतीले ओभर मेकअप गरिछन्, विमानस्थलको मेसिनले नचिनेपछि यतिसम्म भएछ

काठमाडौं– एक युवतीले ओभर मेकअप गरेर विमानस्थलमा जाँदा त्यहाँको मेसिनले रिड नगरेपछि समस्या परेको खबर अहिले चर्चा र भाइरल भएको छ।
चिनियाँ सामाजिक सञ्जालमा यहि भिडिओ भाइरल भयो। 

विमानस्थल कर्मचारीले राहदानीमा रहेको फोटो जस्तै अनुहार बनाउनका लागि ओभर मेकअप पुछ्नका लागि गाली गरिरहेको भिडिओ भाइरल भयो। योभिडिओ बर्षदिन अघिको रहेको दाबी गरिएको छ।

परिचयपत्रसँगै देखिएको बोर्डिङ पास अनुसार उक्त भिडिओ गत वर्षको सेप्टेम्बरमा शाङ्घाई विमानस्थलमा खिचिएको थियो।

विमानस्थलकी कर्मचारीले ‘आफ्नो पासपोर्टको तस्वीरजस्तो नदेखिउन्जेल अनुहारको सबै मेकअप पुछ। आफैंलाई समस्यामा पार्ने गरी किन त्यस्तो मेकअप गरेकी तिमीले?’ भन्दै गाली गरेको समेत बताइन्छ।

आफ्नो अनुहारको मेकअप पुछेपछि ती युवतीले पुनः स्क्यानरमा आफ्नो अनुहार देखाएर विमानस्थलको सेक्योरिटी पार गरिन् कि गरिनन् भन्ने नखुले पनि घटनाले धेरैलाई चकित बनाएको छ। त्यो सुरक्षा स्क्यानर मेसिनले युवतीलाई चिन्न नसक्दा कतिपयले प्रश्न उठाए कि ‘मेसिन नै खराब हो कि, यसको चिन्न सक्ने क्षमता बढाउनुपर्ने भयो।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व