नेभिगेशन
विश्व

गाजामा २० लाख मानिसहरू भोकमरीको सामना गरिरहेको चेतावनी

काठमाडौँ - विश्व स्वास्थ्य संगठनका महानिर्देशकले गाजामा २० लाख मानिसहरू भोकमरीको सामना गरिरहेका चेतावनी दिएका छन् ।

सोमबार विश्वभरका विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको बैठकलाई सम्बोधन गर्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले सम्बोधन गरे ।

उनले भने- 'इजरायली नाकाबन्दी, निकासी आदेश र मानवीय सहायताको लागि ठाउँ साँघुरिँदै गएको छ, जसले गाजाको पहिले नै कमजोर स्वास्थ्य प्रणालीलाई गम्भीर रूपमा तनाव दिएको छ ।'

उनले सजिलै उपचार गर्न सकिने रोगबाट मानिसहरू मरिरहेको भन्दै महत्त्वपूर्ण औषधिहरू सीमामा अड्किएको बताएका छन् ।

डब्ल्यूएचओका महानिर्देशकले डब्ल्यूएचओले २०२३ देखि गाजाबाट ७,३०० भन्दा बढी बिरामीहरूलाई बाहिर निकालेको बताउदै १०,००० भन्दा बढी मानिसहरूलाई उपचारको लागि गाजाबाट बाहिर लैजान अझै पनि मद्दत चाहिने बताए ।


यसैबीच, इजरायलले गाजामा 'आवश्यक मात्रामा खाद्यान्न' ढुवानी गर्न अनुमति दिने बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व