नेभिगेशन
विश्व

डोनल्ड ट्रम्पको नयाँ स्किमः रियालिटी शो बिजेतालाई अमेरिकाको नागरिकता

काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ स्किम ल्याएका छन्। उनले अब रियालिटि सोका विजेतालाई अमेरिकी नागरिकता दिने भएका हुन्।

अमेरिकी नागरिकता अब कानुनी प्रक्रिया र सीपका कागजातमार्फत मात्र नभइ रियालिटी टिभी कार्यक्रमहरू मार्फत पनि प्राप्त गरिने भएको हो।

अमेरिकी गृह मन्त्रालयले यसका लागि ‘द अमेरिकन शो’ प्रोजेक्ट बनाएको छ र विभिन्न देशका आप्रवासीहरूले अमेरिकी परम्परा, रीतिरिवाज र देशभक्तिसँग सम्बन्धित कार्यहरूमा भाग लिनेछन्।

विजेतालाई अमेरिकी नागरिकता प्रदान गरिनेछ। यो रियालिटी शो नेटफ्लिक्समा प्रत्यक्ष प्रसारण पनि हुनेछ। ‘द अमेरिकन शो’ परियोजनाको पहिलो एपिसोडमा १२ जना प्रतियोगीहरू हुनेछन्।

प्रथम तीन विजेताहरूलाई पुरस्कार पनि प्रदान गरिनेछ। विजेताले १० लाख अमेरिकन एयरलाइन्स पोइन्ट, १० लाख रुपैयाँ बराबरको स्टार बक्स गिफ्ट कार्ड र अमेरिकाका ७६ पेट्रोल पम्पहरूबाट जीवनभर निःशुल्क इन्धन भर्ने सुविधा पाउनेछन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व