नेभिगेशन
राजनीति

कांग्रेसले नै सदनमा उठायो ‘राष्ट्रिय सहमतिको सरकारको’ खाँचो

काठमाडौं– नेपाली कांग्रेसले नै प्रतिनिधि सभामा राष्ट्रिय सहमतिको सरकारको खाँचो औंल्याएको छ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सञ्जय गौतमले अहिले सहमतिको सरकार आवश्यकता परेको बताएका हुन्। 

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले जनतालाई आशावादी बनाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन्। 

निश्चित दूरीसम्म राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्न सकेमात्रै अहिले देखिएका यावत समस्या समाधान गर्न सकिने गौतमले बताए। 

संघ र प्रदेशमा गरेर ८ सरकार र ८ संसद् भए पनि ती सँग जनता आशावादी नभएकाले उनीहरूलाई आशावादी बनाउने कार्यक्रम ल्याउने सहमतिको आवश्यकता रहेको गौतमको भनाइ छ।

अहिले कांग्रेस र एमालेको गठबन्धन सरकार छ। जहाँ कांग्रेसले महत्वपूर्ण मन्त्रालय लिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति