नेभिगेशन
विश्व

अल्बेनियाली प्रधानमन्त्रीले इटालीकी प्रधानमन्त्रीलाई घुँडा टेकेर स्वागत गरेपछि...

काठमाडौँ -  इटालीकी प्रधानमन्त्री जर्जिया मेलानी तिरानामा आयोजित युरोपेली राजनीतिक समुदाय शिखर सम्मेलनमा आइपुग्दा एउटा अनौठो दृश्य देखियो ।


अल्बेनियाली प्रधानमन्त्री एडी रामाले मेलानियालाई रातो कार्पेटमा घुँडा टेकेर स्वागत गरे । अल्बेनियाली प्रधानमन्त्री एडी रामाले घुँडा टेकेर स्वागत गरेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । तीन महिनाअघि, मेलानीलाई रामाले फ्युचर्स इनर्जी समिटको लागि अबुधाबी आउँदा यस्तै तरिकाले स्वागत गरेका थिए । त्यतिबेला अल्बेनियाली प्रधानमन्त्रीले मेलानीको लागि गीत पनि गाएका थिए ।

पानी परिरहेको बेला कारबाट बाहिर निस्केपछि, मेलोनीले त्यहाँ उपस्थित सहयोगीहरूलाई छाता ल्याउन अस्वीकार गरेकी थिइन् । उनको स्वागत गर्न उपस्थित अल्बेनियाली प्रधानमन्त्री छाता लिएर कारबाट केही कदम टाढा उभिरहेका थिए । मेलोनी उनीतिर हिंड्दै गर्दा, पीएम रामाले अचानक आफ्नो छाता छेउमा राखे र घुँडा टेकेर उनको स्वागत गरे ।

आफ्नो अल्बेनियाली समकक्षीलाई यसो गरेको देखेर मेलोनीलाई एक क्षणको लागि लज्जित पनि महसुस भयो । पछि प्रधानमन्त्री रामाले मेलोनीलाई अँगालो हाल्दै स्वागत स्वीकार गरेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व