नेभिगेशन
विश्व

युक्रेन र रुसबीचको वार्ता सफल बनाउन ट्रम्प र पुटिनले कुरा गर्नुपर्छ- विदेशमन्त्री रुबियो

काठमाडौँ - अमेरिकी विदेशमन्त्री मार्को रुबियोले टर्कीमा हुने युक्रेन र रुसबीचको शान्ति वार्ताबाट आफूलाई धेरै आशा नभएको बताएका छन् । उनले वार्ता सफल बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सँगै कुरा गर्नुपर्ने बताए ।


टर्किमा विदेशमन्त्री मार्को रुबियोले नेटो बैठकको छेउमा युरोपेली विदेश मन्त्रीहरूसँग भेट गरेका थिए । बैठकपछि उनले भने, 'राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनले यस विषयमा प्रत्यक्ष छलफल नगरेसम्म, मलाई लाग्दैन कि हामी यसमा कुनै सफलता हासिल गर्न सक्षम हुनेछौं ।'

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इस्तानबुलमा वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने बताएपनि मस्कोले पठाएको तल्लो स्तरको प्रतिनिधिमण्डलको आलोचना गरेका थिए ।

यसअघि जेलेन्स्कीले यदि पुटिन वार्तामा उपस्थित भएमा युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताएका थिए, यद्यपि पुटिन यसमा सहभागी छैनन् । यसअघि युक्रेनसँग टर्कीमा प्रत्यक्ष शान्ति वार्ताको प्रस्ताव पुटिनले नै गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

युएईको भ्रमण गर्दै ट्रम्प