नेभिगेशन
समाज विविध

सगरमाथा संवाद शुरु, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

काठमाडौँ - सगरमाथा संवाद शुरु भएको छ । काठमाडौँको सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारासहितको पहिलो सगरमाथा संवादको उद्घाटन गरेका हुन् ।

सगरमाथा संवाद आजदेखि ४ गतेसम्म हुने छ । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारले निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस ८ गते काठमाडौंमा सगरमाथा संवाद हुने घोषणा गरेका थिए। त्यस्तै गत माघ २१ गतेको मन्त्रिपरिषद् बैठकबाट सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्ने निर्णय भएको थियो भने फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट संवादको अवधारणापत्र स्वीकृत गरी सचिवालय स्थापना गरिएको थियो ।


संवादमा झण्डै ४० देशका १५० बढी विदेशी पाहुनाको सहभागिता रहेको छ । विदेश पाहुनामध्ये केही उच्च राजनीतिक व्यक्तित्वदेखि विदेशमन्त्री, वन तथा वातावरणसम्बन्धी मन्त्री, उच्च सरकारी अधिकारी, दातृ निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखहरू, शैक्षिक व्यक्तित्व, जलवायु विज्ञलगायत सहभागी रहेको परराष्ट्र मन्त्रालयले जनएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध