नेभिगेशन
समाज विविध

BREAKING NEWS : रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले ५० दिनदेखि प्रहरी हिरासतमा रहेका राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उनलाई हाजिरीजमानीमा थुनामुक्त गर्ने आदेश दिएको हो ।

उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ । गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका पक्राउ गरेको थियो ।

राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । त्यसयता प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध