नेभिगेशन
विश्व

रुसले शान्ति वार्तालाई गम्भीरतापूर्वक लिएको छैन- जेलेन्स्की

काठमाडौँ - युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्की पुगेर राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेटवार्ता गरेका छन् । विहिबार भएको यो बैठकपछि, जेलेन्स्कीले रुसले शान्ति वार्तालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन् ।

उनले भने- 'हामी सबैलाई युक्रेनी जनता र हाम्रा सांसदहरूबाट युद्धको अन्त्य गर्ने निश्चित कदमहरूमा सहमत हुन जनादेश छ । यदि हामीले उनीहरूले ती कदम चालेको देखेनौं भने, यसको अर्थ उनीहरू (रूस) वार्ता गर्न इच्छुक छैनन् भन्ने बुझ्छौं ।'

जेलेन्स्कीले आफ्नो रक्षामन्त्रीको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डलले रुससँगको वार्तामा हिस्सा लिने बताएका छन् ।

इस्तानबुलमा युक्रेन, रूस र संयुक्त राज्य अमेरिकाबीच वार्ता  हुने छ ।

जेलेन्स्कीले पुटिनले प्रत्यक्ष वार्ताको प्रस्ताव गरे पनि व्यक्तिगत रूपमा त्यसमा भाग लिन नचाहेको पनि उल्लेख गरे । जेलेन्स्कीले थप भने, 'उनी (पुटिन) युद्धविराम चाहँदैनन् ।'

यसका साथै, टर्कीमा नै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेटो बैठकको क्रममा युरोपेली विदेशमन्त्रीहरूसँग भेट गरेका छन् ।

यस बैठकमा भएका निर्णयहरूको बारेमा अमेरिकी सरकारका प्रवक्ता ट्यामी ब्रुसले भने कि इटाली, फ्रान्स, जर्मनी र बेलायतका विदेश मन्त्रीहरूले नाटोका सबै देशहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र युरोपले आफ्नो सुरक्षामा बढी खर्च गर्नुपर्छ भन्ने कुरामा सहमति जनाएका छन् ।

अर्कोतर्फ खाडी मुलुकहरुको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफुले पुटिनसँग भेट नगरेसम्म युक्रेनसँगको वार्ता सफल नहुने दाबि गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

युएईको भ्रमण गर्दै ट्रम्प