नेभिगेशन
विश्व

भारतको टर्कीविरुद्ध कडा रवैया, विमानस्थलको सुरक्षा क्लियरेन्स कम्पनि बर्खास्त

काठमाडौँ - भारतले नौ विमानस्थलमा काम गर्ने टर्की कम्पनीविरुद्ध कारबाही गरको छ । भारतको नागरिक उड्डयन ब्यूरोले टर्कीको कम्पनी सेलेबीको सुरक्षा क्लियरेन्स तत्काल लागू हुने गरी रद्द गरेको छ ।


टर्कीको कम्पनी सेलेबी एभिएसनले भारतका धेरै विमानस्थलहरूमा सुरक्षा सम्बन्धी काम गरिरहेको थियो ।


नागरिक उड्डयनले सेलेबीविरुद्ध गरिएको यो कारबाहीको बारेमा सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो । 


नागरिक उड्डयन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'बीसीएएसका महानिर्देशकलाई प्राप्त अधिकारको प्रयोग गर्दै, राष्ट्रिय सुरक्षाको हितमा सेलेबी एयरपोर्ट सर्भिसेज इन्डिया प्राइभेट लिमिटेडको सम्बन्धमा सुरक्षा क्लियरेन्स तत्काल प्रभावले रद्द गरिएको छ ।'

यो निर्णय त्यस्तो समयमा लिइएको हो जब २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि भारतले धेरै पाकिस्तानी निशानाहरूमा आक्रमण गरेको थियो, जसको टर्कीले खुलेआम आलोचना गरेको थियो र पाकिस्तानलाई समर्थन गरेको थियो ।


समाचार एजेन्सी पीटीआईका अनुसार सेलेबी एयरपोर्ट सर्भिसेज इन्डियाले मुम्बई, दिल्ली, कोच्चि, कन्नूर, बेंगलुरु, हैदराबाद, गोवा, अहमदाबाद र चेन्नई गरी नौ विमानस्थलहरूमा आफ्नो सेवा प्रदान गर्दै आएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

युएईको भ्रमण गर्दै ट्रम्प