नेभिगेशन
समाज विविध

युद्धबिरामपछि पहिलो पटक काठमाडौंमा हुँदैछ भारत र पाकिस्तानका यी दुई मन्त्रीको ‘जम्काभेट’

काठमाडौं– तनावबाट अस्थायी मुक्तिका लागि युद्धबिराम गरेका भारत र पाकिस्तानका दुई मन्त्रीबीच काठमाडौंमा जम्काभेट हुने साइत जुरेको छ। 
यो साइत नेपालले जुराएको छ। उनीहरू काठमाडौंमा आमने–सामने हुने हालसम्म पक्का भएको छ।

काठमाडौंमा आयोजना हुन लागेको ‘सगरमाथा संवाद’मा भारतीय वनमन्त्री भुपेन्द्र यादव र पाकिस्तानबाट संघीय जलवायु परिवर्तन तथा वातावरण संयोजकमन्त्री डा. मुसादिक मलिक सहभागी हुने पक्कापक्की भएको छ। 

जेठ पहिलो साता हुने संवादमा विश्वका १७५ जना पाहुना सहभागी हुँदैछन्।

इस्लामाबादस्थित नेपाली राजदूत रिता धितालले मन्त्री मलिकसँग भेटवार्ता गरेकी थिइन्। मन्त्रालयमा भएको भेटमा मन्त्री मलिकले आतंकवादबाट पीडित हुँदाहुँदै पनि क्षेत्रीय शान्ति र स्थायित्वका लागि पाकिस्तान दृढ रहेको उल्लेख गरेका थिए।

यसअघि नै भारतबाट यादव आउने पक्का गरिएको थियो।  

युद्धविरामपछि दक्षिण एसियामा शान्ति पुनस्र्थापित भएकोमा पाकिस्तान खुशी रहेको मन्त्रीले बताए। 

प्रत्युत्तरमा राजदूत धितालले पाकिस्तानले सामना गर्नुपरेको चुनौतीपूर्ण परिस्थितिलाई स्वीकार्दै दुई आणविक हतियारधारी छिमेकीबीचको तनाव कम भएकोमा नेपालले राहत महसुस गरेको उल्लेख गरेकी थिइन्।

यो जम्काभेट युद्धबिरामपछिको पहिलो हुने अनुमान गरिएको छ। अहिले राजनीतिक तहमा नै चरम विवादमा रहेका भारत र पाकिस्तानका मन्त्रीको उपस्थितिलाई महत्वका साथ पनि हेरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध