नेभिगेशन
समाज विविध

बालेनले बोलाए कार्यपालिका बैठक, शुक्रबार दिउँसो २ बजे बस्ने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ ।

मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । 

बालेनको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ । 

प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो । अब कार्यपालिका बोलाइएसँगै बजेटको अन्योलता हटेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

कान्ति लोकपथ सञ्चालनमा