नेभिगेशन
विश्व

अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

काठमाडौँ - अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको रक्षा बिक्री सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाले यो सम्झौतालाई 'इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता' भनेको छ ।

यो जानकारी ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा दिइएको छ । ह्वाइट हाउसले साउदी अरेबियाले अमेरिकामा ६०० अर्ब डलर 'लगानी गर्न प्रतिबद्ध' रहेको बताएको छ ।

रक्षा बिक्री सम्झौताको बारेमा, ह्वाइट हाउसले भन्यो- 'संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौतामा हस्ताक्षर गरेका छन्, जुन लगभग $१४२ बिलियनको रहेको छ । जस अन्तर्गत साउदी अरेबियालाई एक दर्जन भन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध उपकरण र सेवाहरू प्रदान गरिनेछ ।'

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब पुगेका छन् र उनले युवराज मोहम्मद बिन सलमानलाई भेट गरेका छन् ।

ट्रम्प साउदी अरेबिया, कतार र युएईको चार दिने भ्रमणमा छन् । यो ट्रम्पको दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक भ्रमण हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व