नेभिगेशन
खेलकुद

हङकङ चाइनासँग नेपाल पराजित

काठमाडौँ । नेपाल हङकङ चाइनासँग पराजित भएको छ ।  

थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत बर्षाले प्रभावित खेलमा नेपाल हङकङ चाइनासँग ७ विकेटले पराजित भएको हो ।


५-५ ओभर खेलाइएको खेलमा नेपालले दिएको ३० रनको लक्ष्य पछाएको हङकङ चाइनाले ४.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।  


यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ५ ओभरमा ३ विकेट गुमाउदै २९ रन बनाएको थियो । 


यो जितपछि हङकङ चाइनाको ३ खेलमा ४ अंक भएको छ र समुह सी मा शिर्ष स्थानमा उक्लिएको छ ।  नेपालको भने ३ खेलमा ३ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।   


नेपालले जारी प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध  बर्षाले रद्ध भएपछि अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । नेपालले अर्को खेल मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद