नेभिगेशन
विश्व

पाकिस्तानविरुद्ध आक्रामक भए मोदी, भन्छन्- आक्रमण स्थगित मात्र भएको हो

काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तानमा रहेका सय भन्दा बढी आतंकवादी मारेको दाबि गरेका छन् ।

सोमबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानले आतंकवादी कारवाहीमा भारतको साथ दिनुपर्नेमा उल्टो भारतमाथि आक्रमण गर्ने दुश्साहस गरेको भन्दै भारतले त्यसको उचित जवाफ दिएको बताएका छन् ।

मोदीले भारतले पाकिस्तानविरुद्ध गरेको आक्रामाक कारवाहीपछि विश्वभर बच्नको लागि गुहार मागेको बताएका छन् ।  

सम्बोधनका क्रममा मोदीले पाकिस्तानले आक्रमण रोक्न गुहार लगाएको दाबि गर्दै अब आफ्नो तर्फबाट कुनै आक्रमण नहुने प्रतिबद्धतापछि युद्धविराम गरेको बताएका छन् । मोदीले अहिले भारतले पाकिस्तानविरुद्धको आक्रमण स्थगित मात्र गरेको र पाकिस्तानको आगामी दिनको व्यवहारले यसलाई कति लामो सम्म स्थगित गर्ने भन्ने निर्धारण गर्ने बताए । भारतका स्थल, जल र हवाई सेना अहिले पनि उच्च अलर्टमा रहेको बताउदै मोदीले भारतमाथि फेरी आक्रमण भएमा त्यसको आफ्नै अनुसार जवाफ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।


मोदीले परमाणु शक्तिको ब्ल्याक मेल भारतले नसहने बताउदै भारतले परमाणु शक्तिको आडमा हुने आतंकवादी गतिबिधिको सधै विरुद्धमा हुने बताए । 


मोदीले पाकिस्तानले पालेको आतंकवादले एक दिन पाकिस्तानलाई नै समाप्त गर्ने भन्दै यसलाई समाप्त गर्नुपर्ने बताए ।  


मोदीले अप्रिल २२ मा पहलगाममा आतंककारीहरूले देखाएको बर्बरताले देश र विश्वलाई स्तब्ध बनाएको बताउदै बिदा मनाउने निर्दोष नागरिकहरूलाई उनीहरूको धर्म सोधेर उनीहरूका परिवार र बच्चाहरूको अगाडि निर्ममतापूर्वक हत्या गरिएको बताए । मोदीले भने- 'यो आतंकको एकदमै भयानक अनुहार थियो। क्रूरता थियो। यो पनि देशको सद्भाव तोड्ने घृणित प्रयास थियो। मेरो लागि व्यक्तिगत रूपमा, यो पीडा ठूलो थियो ।'


मोदीले अगाडी भने- 'भारतको यो कार्यबाट पाकिस्तान गहिरो निराशामा डुबेको थियो । आतंकवादविरुद्ध भारतको कारबाहीलाई समर्थन गर्नुको सट्टा पाकिस्तानले भारतमाथि नै आक्रमण गर्न थाल्यो । पाकिस्तानले हाम्रा स्कूल-कलेज, गुरुद्वारा, मन्दिर, आम नागरिकका घरहरूलाई निशाना बनायो । पाकिस्तानले हाम्रा सैन्य अड्डाहरूलाई निशाना बनायो, तर यसमा पनि पाकिस्तान आफैं पर्दाफास भयो । विश्वले देखेको छ कि कसरी पाकिस्तानको ड्रोन, पाकिस्तानको मिसाइल भारतको अगाडि पराल जस्तै खसेको छ । भारतको बलियो वायु रक्षा प्रणालीले तिनीहरूलाई आकाशमै ध्वस्त पार्यो । पाकिस्तान सीमामा आक्रमण गर्न तयार थियो, तर भारतले पाकिस्तानको छातीमा आक्रमण गर्‍यो ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व