नेभिगेशन
मनोरञ्जन

अभिनेता राजेश हमालको ‘गेट गोइङ’ तस्बिर

काठमाडौं– नेपाली फिल्म उद्योगमा महानायकको पगरी लगाइएका अभिनेता राजेश हमाल यतिबेला ‘नरसिंह अवतार’ फिल्मका कारण चर्चामा छन्।

९० को दशकमा नेपाली फिल्म उद्योगलाई गति दिने अभिनेताका रुपमा स्थापित हमाल निक्कै पछि लिड रोलमा देखा पर्न लागेका हुन्। उनीसँग स्क्रिन शेयरमा अभिनेत्री नीति शाह रहेको बताइन्छ। 

हमाल योसँगै सामाजिक सञ्जालमा पनि सक्रिय हुन थालेका छन्। उनले सोमबार मात्र एउटा ‘बडी शो’ गरेको तस्बिर राख्दै फेसबुकमा लेखेका छन्,‘गेट गोइङ’।

उनले के विषयलाई इङ्गित गर्न खोजेको भन्ने हेक्का राख्न नसके पनि यसलाई नरसिंहा अवतारकै चर्चा गरिएको रुपमा मानिन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन