नेभिगेशन
मनोरञ्जन

दाह्री बा अर्थात् सुरवीर पण्डितले माफी माग्नुको कारण

काठमाडौं– कलाकार सुरवीर पण्डितले एउटा म्युजिक भिडिओमा गरेको अभिनयका कारण उब्जिएको विवाद मत्थर पार्न माफी मागेका छन्।

‘मेरी बास्सै’को टिकटक एकाउन्टमार्फत उनले भिडियो सन्देश जारी गर्दै माफी मागेका हुन्।

उनले अभिनय गरेको इसाई धर्मसँग सम्बन्धित एक भिडिओ हालै रिलिज भएको थियो। इसाई धर्म प्रचार गर्ने उद्देश्यले बनाइएको भिडियोमा अभिनय गरेको भन्दै सुरवीर र अर्का कलाकार रामचन्द्र अधिकारी ‘काजी बा’को आलोचना भैरहेको छ।

सुरवीरले भिडिओमा रामचन्द्रको तर्फबाट पनि दर्शकसँग माफी मागेका छन्। उनले घटनाप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका हुन्। उनले केही दिनअघि दुई इसाई धर्मबारेको गीतमा अभिनय गरेको स्वीकारेका छन्।

कलाकार भएपछि जे कुरा आए पनि अभिनय गर्नुपर्छ भन्ने कुरा अग्रजबाट सिकेको भन्दै उनले अभिनय गरेको बताएका छन्। उद्देश्य कसैको मन दुखाउने नरहेको भन्दै उनले माफी माग गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन