नेभिगेशन
मनोरञ्जन

कलाकार उषा पौडेलले अमेरिकामा गरिन् बिहे

काठमाडौं– अमेरिका बस्दै आएकी नेपाली कलाकार उषा पौडेलले बिहे गरेकी छन्।

अमेरिका बस्ने राहुल केसीसँग आइतबार विवाह गरेको तस्बिर सार्वजनिक भएको हो। नेपाली परम्पराअनुसार बिहे गरेकी उनले यसअघि वैशाख १५ मा राहुल केसीसँग कोर्ट म्यारिज गरेकी थिइन्। 

उनको विवाहमा अमेरिका बस्ने कलाकर्मी सहभागी थिए। उषा पछिल्लो समय अमेरिका बस्दै आएकी छन्।

उषाजस्तै राहुल पनि अमेरिका नै बस्दै आएका छन् । उनी नेपाली सिने क्षेत्रका एक समयका कलाकार तथा मोडल हुन्। 

कुनै समय नेपाली फिल्म क्षेत्रको चर्चित कम्पनी ‘कालीगण्डकी सिनेम्याक्स’का सञ्चालक समेत रहेका राहुलले किसान र नागरिक फिल्म सहित दर्जन जति म्युजिक भिडिओहरूमा काम गरिसकेका छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन