नेभिगेशन
मनोरञ्जन

नेपाली अभिनेत्री विपना थापाका राजनीतिज्ञ पति आशुतोषका मनपरी पोस्ट, ‘पत्नीसँग सम्बन्ध सकियो’

काठमाडौं– नब्बेको दशकमा नेपाली फिल्ममा चर्चामा रहेकी अभिनेत्री विपना थापाविरुद्ध उनका पति आशुतोष भारद्वाजले मनपरी पोस्ट गरेका छन्। 

आफूविरुद्ध अपशव्दसहितको पोस्ट गरेपछि लाइभ आएकी थापाले पति मानसिक रोगी रहेको बताएकी थिइन्।

भारद्वाजले विपनासँग आफ्नो सम्बन्ध सकिएको बताएका थिए। पतिले यस्तो लेखेपछि विपना भारत पुगेकी छन्।

उनका पति भारतीय नागरिक हुन्।

उनका पति भारद्वाज भारतीय राजनीतिमा पनि सक्रिय छन्। उनी त्यहाँको विपक्षी कांग्रेस आईमा आवद्ध छन्। 

भारद्वाज उत्तर प्रदेश कांग्रेस कमिटीका सदस्य हुन्। उनी युवा कांग्रेस मथुरा जिल्ला कमिटीका पूर्वअध्यक्ष पनि हुन्।
दुवैका एक छोरा रहेका छन्।

विपना हालै काठमाडौंमा रहेका बेला पतिले यस्तो पोस्ट गरेका थिए। उनले हालसालै एउटा फिल्ममा अभिनय समेत गरेकी थिइन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

ज्याकलिनसँग शिखर धवनको गीत आउदै