नेभिगेशन
मनोरञ्जन

फिल्म 'अपरेशन सिन्दूर' को ट्रेडमार्क पाएको दाबि गर्दै जारी गरियो पोस्टर

काठमाडौँ - बलिउडमा धेरै फिल्म निर्माताहरूले 'अपरेशन सिन्दूर' मा फिल्म बनाउन चाहेको देखिएको छ । धेरै निर्माताहरूले यो शीर्षकलाई ट्रेडमार्क गर्ने सोचिरहेका छन् ।

यसैबीच, एक निर्माण कम्पनीले अपरेशन सिन्दूर शीर्षकको ट्रेडमार्क गरेको दाबी गरेको छ । यससँगै उनीहरूले फिल्म 'अपरेसन सिन्दूर' को पोस्टर पनि सार्वजनिक समेत गरेका छन् । यी निर्माताहरूलाई यही कारणले ट्रोल समेत गरिएको थियो र उनीहरूले माफी पनि मागेका थिए । अब फिल्मसँग सम्बन्धित नयाँ अपडेट बाहिर आएको छ ।

निक्की विक्की भगनानी फिल्म्स र द कन्टेन्ट इन्जिनियर नामक प्रोडक्सन हाउसले अपरेशन सिन्दूरको शीर्षक कानुनी रूपमा आफूहरूको भएको दाबी गरेको छ । यसपछि मात्र उनले फिल्मको पोस्टर पनि सार्वजनिक गरेका छन् । यो फिल्मको कास्टिङ अहिलेसम्म भएको छैन तर प्रोडक्सन हाउसले चाँडै नै यसको बारेमा जानकारी दिने बताएको छ ।

यस निर्माण गृहले फिल्मबाट हुने जति पनि कमाईको पचास प्रतिशत भारतीय सेना र पहलगाम आतंकवादी हमलामा मारिएका मानिसहरूलाई दिइने बताएको छ । यो फिल्म उत्तम र नितिन नाम गरेका व्यक्तिहरूले निर्देशन गर्नेछन् । यो फिल्म हिन्दी बाहेक अंग्रेजीमा पनि बन्नेछ । यस मार्फत फिल्म निर्माताहरूले संसारलाई आतंककारीहरूको गतिविधि र उनीहरूको सरकारको नीतिहरूको बारेमा बताउनेछन् ।


फिल्म निर्माताहरूले लगभग ५० करोड रुपैयाँको बजेटमा फिल्म 'अपरेशन सिन्दूर' बनाउने बताएका छन् । यस फिल्ममा गहन अनुसन्धान हुनेछ, जसको लागि फिल्म निर्माताहरूले रक्षा मन्त्रालय र सशस्त्र बलका अधिकारीहरूलाई भेट्ने बताएका छन् । यस फिल्ममा कर्नल सोफिया कुरेशी र विङ कमाण्डर व्योमिकाको पात्रमा कुनै परिवर्तन नहुने समेत बताइएको छ ।


यस अघि अप्रिल २२ मा भएको पहलगाम आक्रमणपछि भारतले अप्रेशन सिन्दूर शुरु गरेपछि पाँच दर्जन भन्दा बढी निर्माताले अप्रेशन सिन्दूर नामको फिल्म बनाउन निवेदन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

ज्याकलिनसँग शिखर धवनको गीत आउदै