नेभिगेशन
मनोरञ्जन

‘अपरेशन सिन्दूर’ नाम लिन बलिउड निर्माताबीच हानाथाप

मुम्बई- यसैसाता भारतीय सेनाले पाकिस्तानका ७ शहरमा ‘आतंकवादी’ लुकेका ९ सहरलाई लक्षित गर्दै ‘अपरेसन सिन्दूर’ सुरु गर्‍यो । त्यसयता यी दुई मुलुकबीच युद्धको जस्तै अवस्था छ ।

यतिबेला भने यो नामलाई लिएर फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा छ । रिपोर्टअनुसार, लगभग ५० फिल्म निर्माताहरूले ‘अपरेसन सिन्दूर’ शीर्षक दर्ताको लागि आवेदन दिएका छन् ।

दैनिक भास्करसँग कुरा गर्दै फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइज (इम्पा)का अध्यक्ष बीएन. तिवारीले यो कुरा पुष्टि गरे । अध्यक्ष बीएन तिवारीले ‘अपरेसन सिन्दूर’को खबर आउने बित्तिकै दर्जनौं फिल्म निर्माताहरूले नाम दर्ता गर्न सम्पर्क गर्न थालेको बताए ।

७ तारिख बिहानदेखि नै यसबारे फोन आउन थालेको उनले बताए । अहिलेसम्म १५ भन्दा बढी निर्माताले इम्पामा मात्र आवेदन दिएको बताए । बाँकी तीन फिल्मका संस्थालाई पनि आवेदन पठाइएको उल्लेख छ । यो टाइटल प्राप्त गर्ने दौडमा जम्मा ४०–५० जना छन् ।

तिवारीका अनुसार जसले पहिले आवेदन दिन्छ उसलाई प्राथमिकता दिइन्छ । उनका अनुसार ‘अपरेसन सिन्दूर’ शीर्षक एक निर्माताले मात्र पाउनेछन् । अरूले यसमा ‘देश का सिन्दूर’, ‘इन्साफ का सिन्दूर’, वा ‘अपरेसन सिन्दूर : एक सचि कहानी’ आदि जस्ता शीर्षक राख्न सक्छन् ।

यो उपाधि प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले दिएको उनले बताए । एउटै टाइटल दर्ता गर्न यस्तो होड आफूले पहिलोपटक देखेको उनले बताए । रिलायन्स इन्डस्ट्रीजले पनि मे ७ मा ‘अपरेसन सिन्दूर’ ट्रेडमार्कको लागि आवेदन दिएको थियो । यद्यपि, अहिले फिर्ता लिइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

ज्याकलिनसँग शिखर धवनको गीत आउदै