नेभिगेशन
मनोरञ्जन

ज्याकलिनसँग शिखर धवनको गीत आउदै

काठमाडौँ - बलिवुड र क्रिकेटको सम्बन्ध निकै पुरानो हो । यसैक्रममा क्रिकेटर शिखर धवनले पनि बलिवुडको बाटोमा हिड्ने कदमको शुरुवात गरेका छन् ।

क्रिकेटबाट सन्यास लिएका शिखरले अभिनेत्री  ज्याकलिन फर्नान्डेजसँग एक गीतमा देखा पर्दैछन् । यो गीतमा ज्याकलिनसँगै क्रिकेटर शिखर धवन देखिनेछन् । पोस्टर सेयर गर्दै ज्याकलिनले क्याप्सनमा लेखेकी छिन्, ‘के तपाईं ‘बेसोस’ को लागि तयार हुनुहुन्छ?’ उनले यस गीतको टिजरको रिलिज मिति पनि सेयर गरिन् । पोस्टरमा ज्याकलिन र शिखरको लुक देखेपछि फ्यानहरू धेरै खुसी देखिएका छन् ।


'बेसोस' गीतमा ज्याकलिनसँग शिखर धवन नाच्दै र अभिनय गर्दै देखिनेछन् । 'बेसोस' गीतको टिजर आज रिलिज हुनेछ भने यो नयाँ गीतको ट्र्याक ८ मे २०२५ मा बिहान ११ बजे रिलिज हुनेछ । यो टिजर युट्युबमा रिलिज हुनेछ । यो गीत गायिका श्रेया घोषाल र कार्ल भाइनले गाएका हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन