नेभिगेशन
मनोरञ्जन

विदेशी फिल्ममा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  विदेशी फिल्महरूमा पनि कर लगाउने घोषणा गरेका छन् । उनले विदेशी फिल्महरूमा १०० प्रतिशत कर लगाएका छन् ।

यो घोषणा गर्दै ट्रम्पले भनेका छन्- 'अमेरिकाको फिल्म उद्योग धेरै छिटो मर्दैछ । अन्य देशहरूले हाम्रा फिल्म निर्माताहरू र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन् । 

उनले यो अन्य देशहरूद्वारा संगठित प्रयास हो र त्यसैले यो 'राष्ट्रिय सुरक्षाको लागि खतरा' भएको समेत टिप्पणी गरेका छन् ।

ट्रम्पले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया सुरु गर्न वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई अधिकार दिइरहेको बताए । उनले आफु फेरि अमेरिकामा फिल्महरू बनोस् भन्ने चाहेको लेखेका छन् । जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै ट्रम्पले विश्वभरका देशहरूमा कर लगाएका छन्।

उनले अमेरिकी उत्पादकहरूलाई प्रोत्साहन दिनेछ र रोजगारी बचाउने छ । तर उनको निर्णयले विश्व अर्थतन्त्रमा उथलपुथल निम्त्याएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन