नेभिगेशन
राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेदेखि शुरु हुदै।

आजको बैठकमा सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ । 

सभामुख देवराज घिमिरेले सरकारको नीति कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म छलफल गर्ने र जवाफ दिने कार्यसूची तय गरेका छन् ।


त्यस्तै आजको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्तुत हुने र छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति